आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

गोकुल बास्कोटालाई भ्रष्ट भन्दै पनौतीमा पर्चा छरियो, विद्यालय शिलान्यास नगर्न चेतावनी

गोकुल बास्कोटालाई भ्रष्ट भन्दै पनौतीमा पर्चा छरियो, विद्यालय शिलान्यास नगर्न चेतावनी

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 14.0K
    SHARES

  • गोकुल बास्कोटालाई भ्रष्ट भन्दै पनौतीमा पर्चा छरियो, विद्यालय शिलान्यास नगर्न चेतावनी

    काठमाडौं - पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई नेकपाकै कार्यकर्ताले भ्रष्टचारीको आरोप लगाउँदै काभ्रेको पनौतीमा छ्यापछ्यापती पर्चा बाँडेका छन् ।

    सोमबार पनौतीमा एक विद्यालयको शिलान्यास गर्नुअगावै स्थानीय नेकपा कार्यकर्ताले भ्रष्ट आचरणको भण्डाफोर गरौं शीर्षकको पर्चा चोकचोकमा बाँडेका छन् ।

    पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै अन्य कुनै सांसद, प्रदेश सभा सदस्य वा मेयर ल्याएर शिलान्यास गराउन माग गरिएको छ ।  पर्चामा दलाल पुँजीपति र भ्रष्टाचारीहरूलाई सामाजिर बहिष्कार गर्नसमेत अपिल गरिएको छ ।

    बाँस्कोटा गत वर्ष फागुनमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सञ्चारमन्त्रीको कार्यकक्षमा ७० करोड रूपैयाँ कमिसन मोलमोलाईको आरोप लागेपछि जिम्मेवारीबाट पदमुक्त भएका थिए । यो काण्डपछि उनी पार्टीमा निकै बदनाम भएका छन् ।

    gokul-news.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend