काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरेर जनतालाई भ्रममा पार्ने काम गरेको आरोप लगाएका छन् ।
खतिवडाले आइतबार बिहान आफुले ट्वीट गर्दै कांग्रेस ओली सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको जानकारी दिएका छन् ।
उनले जनताले कांग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा बस्न निर्देशन दिएको भन्दै कांग्रेसलाई देखाएर सत्ता लम्बाउने कार्यमा नलाग्न ओलीलाई चेतावनी दिएका छन् ।
‘न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ । न त कांग्रेसनै नेकपा र ओलीको सती जान तयार छ ।’ ‘यो भ्रमबाट मुक्त हुनुपर्छ’, उनले भनेका छन्, ।‘ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छन् । कोही कुनै ललीपपमा नफसौँ ।’
प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी दलका नेता एवम् कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि कांग्रेस सरकारमा जान लाग्यो भनेर विवाद सिर्जना खोजेका बेला खतिवडाले ओलीको भ्रमको पछाडि नलाग्न सबैमाअपील गरेका हुन् ।
न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ न त काङ्ग्रेसनै नेकपा ओलिको सती जान तयार छ,
— Ramhari Khatiwada (@RamhariKhatiwa) November 23, 2020
यो भ्रमबाट मुक्त हुनुपर्छ ।
ओलिले नेपाली जनतालाई मात्रै होईन बिश्व समुदाय लाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छ्न।
कोहि कुनै लालिपपमा नफसौ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।