काठमाडौं- शनिबार नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।
भेटपछि ओलीले देउवालाई आफुसँगै मिलेर अघि बढ्न प्रस्ताव गरेको भन्ने कुराहरुले चौतर्फी चर्चा लिएको छ । यसबीच नेपाली कांग्रेसका युवा नेता एवं पार्टी प्रवक्ता विश्वव्रकाश शर्माले नेपाली कांग्रेस कसैको भड्कावमा नलाग्ने बताएका छन् ।
आइतबार समाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै प्रवक्ता शर्माले कांग्रेसलाई ५ बर्ष विपक्षमा बस्ने जनादेश रहेको बताएका छन् । उनले कांग्रेस विपक्षमै बस्छ र कुनै पनि भड्कावतिर जाँदैन यो कुरा स्पष्ट रहोस् भन्दै ट्विट गरेका हुन् ।
प्रवक्ता शर्माले भनेका छन्, 'भ्रम ; कोहि कसैलाई केही छ भने ! ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई। अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं । नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं िअत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।