काठमाडौं - नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेको शपथ सोमबार हुने भएको छ । खस आर्य समावेशी समूहअन्तर्गत सांसद रहेका सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा पाण्डे सांसद बनेका हुन् ।
केसीको निधनपछि रिक्त पदमा पाण्डे निर्वाचित रहेको पत्र निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई पठाएको छ । संघीय संसद् सचिवालयका अनुसार पाण्डेको शपथ सोमबार हुनेछ । पाण्डे गण्डकी प्रदेश स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ३ का बासिन्दा हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।