काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि विवादै विवादका साथ गुज्रिरहेको पार्टी हो। यहाँ सत्तारुढ नेकपाको जस्तो पार्टी फुटको स्थिति नभएपनि शक्ति संघर्ष भने नेकपाको भन्दा कम छैन। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको टकराबले कांग्रेसमा विवाद सधैँ बढिरहेको छ।
पछिल्लो पटकको विवाद भने राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका सुनिल थापालाई लिएर छ। थापालाई देउवाको पेलानमा सहमहामन्त्री बनाउने निर्णय सर्वसम्मतिले पारित भयो। गत कात्तिक २८ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले राप्रपामा महामन्त्री रहेका पूर्वमन्त्री थापासँगै कांग्रेस प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।
थापा गत साउन १३ गते राप्रपाका केन्द्रीय कार्यसमितिमा रहेका १६ जनासहित २१ नेता बोकेर कांग्रेस प्रवेश गरेका हुन्। पार्टी प्रवेश गरेको तीन महिनापछि मात्रै उनीहरुले जिम्मेवारी पाएका छन्।
अन्यपार्टीबाट आएकालाई तत्कालै पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै पार्टीमा लामो समयदेखि क्रियाशील नेता कार्यकर्ताप्रति अपमान भएको भन्दै कांग्रेसका नेता तथा शुभचिन्तकहरुले विरोध गरेका छन्। केन्द्रीय समितिको बैठकमा निर्णय भइरहँदा कुनै पनि आपत्ति नजनाएको वरिष्ठ नेता पौडेल पक्षले अहिले पनि विरोध जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।