काठमाडौं - वरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नैतिक धरातल खुस्किएको बताएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रतिवेदनले ओलीको नैतिक धरातल खुस्किएको बताएका हुन्।
पत्रकार नेपालले ट्वीट गर्दै भनेका छन्, ‘सरल भाषा, कठोर अभिव्यक्ति । पढ्दा सलल बहेको गद्य । रोचक शैली । कम्युनिष्ट जार्गोनको प्रयोग नगण्य । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा आफ्नो कुरा बडो स्पष्टताका साथ राखिदिएका छन् ।’
प्रतिवेदनले केपी शर्मा ओलीको नैतिक धरातल खुस्किएको बताउँदै अब केही हुन्छकी भनी जिज्ञासा राखेका छन् । उनी अगाडि लेख्छन्, ‘पोष्टस्क्रिप्ट– के भन्छन् प्रचण्ड ? मानसिक पीडा र अपमानको भरपाइत हुँदैन क्यारे !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।