काठमाडौं - सत्तारुढ नेकपाको विवाद केन्द्र, प्रदेश हुँदै स्थानीय स्तरमै पुगेको छ। नेकपाको क्रियाकलापबाट रुष्ट भएका कार्यकर्ताहरु नेपाली कांग्रेसलाई भरोसा गर्दै सोही पार्टी प्रवेश गर्न थालेका छन्। सर्लाहीमा मात्रै २ हजार नेकपाका कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।
नेकपा विवाद र सर्लाही क्षेत्र नं ४ मा भईरहेको विकासका गतिविधिले पनि प्रवेश गर्नेलाई आकर्षण गरेको हुनसक्ने कांग्रेसले जनाएको छ। अहिले दिनहुँजसो आफ्नो कामनै पार्टी प्रवेश गराउने हुन थालेको प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहको भनाइ छ । पछिल्लो दुईसातामा मात्र सर्लाही क्षेत्र नं ४ मा २ हजार भन्दा बढी नेकपा र जसपाका कार्यकर्ता आफ्नो पार्टीमा आएको सांसद् सिंहको दाबी छ । यसरी आउनेमा नेकपाका कार्यकर्ता बढी छन् ।
गएको स्थानीय तहको निर्वाचना ७ स्थानीय तह मध्ये ४ स्थानीय तहमा कांग्रेसले बाजी मारेको भए पनि आउने निर्वानमा ७ वटै स्थनीय तहमा आफुहरुले विजय हासिल गर्ने अर्का कांग्रेस नेता एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहको विश्वास छ।
अहिले क्षेत्र नं ४ मा नेपाली काँग्रेसले १ संघिय सहित प्रदेशको २ वटै स्थानको प्रतिनिधित्व गरेको छ । जन आकांक्षा अनुरुप आफुहरुले काम गरिरहेकाले अब आउने चुनावमा सातै स्थानीय तहमा जित हासिल हुने कुशवाहको दाबी छ । ‘यस क्षेत्रमा कांग्रेसल थप मजबुत हुँदै गएकाले हामी ढुक्क छौं, प्रदेश सांसद कुशवाहको भने ।
यसै क्रममा ‘धेरै थोरै नभनी जति संख्यामा प्रवेश गर्ने भन्छन् हामी प्रवेश गराई रहेका छौं’, प्रदेश सांसद् सिंहले भने ‘दुई हजार त नाघिसक्यो ।’ ‘हामी निरन्तर यो अभियानमा छौं, हालै धनकौल गाउँपालिका वार्ड नं २ मा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी राम शरण सहनी, जोखन साहनी र चुनचुन सहनी को नेतृत्वमा ७ घरका परिवारका सदस्य सबै २७ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । गत चुनावमा नेकपाबाट वडा अध्यक्षका प्रत्यासीसमेत कांग्रेसमा आउनु भएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।