बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रधानमन्त्रीको निवासमा चिनियाँ राजदूतलाई बोलाउनु निन्दनीय र खेदजनक छ : कांग्रेस नेता घिमिरे

प्रधानमन्त्रीको निवासमा चिनियाँ राजदूतलाई बोलाउनु निन्दनीय र खेदजनक छ : कांग्रेस नेता घिमिरे

  • मिडिया डबली
  • बुधवार, मंसिर ३ २०७७

  • 4.2K
    SHARES

  • प्रधानमन्त्रीको निवासमा चिनियाँ राजदूतलाई बोलाउनु निन्दनीय र खेदजनक छ : कांग्रेस नेता घिमिरे

     काठमाडौं - कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले सत्तारुढ नेकपाको आन्तरिक विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राजदूत होउ यान्छीलाई बालुवाटार बोलाएको आपत्ति जनाएका छन्।

    घिमिरेले देशको प्रमुख कार्यकारीको निवासमा चिनियाँ राजदूत बोलाएर नेकपाको आन्तरिक ममलामा सामेल गराएको भन्दै आपत्ति जनाएका हुन्। हिजो मंसिर २ गते राती ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी राजदूत यान्छी राती १०ः१० बजे मात्रै निस्केकी थिइन्।

    प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच नेकपाको पछिल्लो विवादका विषयमा छलफल भएको बुझिएको छ। राजदूतसँगको भेटपछि राती नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए। यस अघि पनि नेकपाको विवाद बढेर पार्टी फुटकै संघारमा पुग्दा राष्ट्रपति भण्डारी र राजदूत यान्छी निकै सक्रिय भएका थिए।

    यस पटक पनि नेकपाको आन्तरिक विवादमा उनीहरुको प्रवेश भएको हो। कांग्रेस केन्द्रीय सदस्य घिमिरेले चिनले नेकपाको आन्तरिक विवादमा हाक्काहाक्की हात हाल्नु खेदजनक भएको पनि टिप्पणी गरेका छन्।

    उनले भनेका छन्, ' शको प्रमुख कार्यकारीको निवासमा चिनियाँ राजदुत बोलाएर नेपाल कम्युनिष्ट पार्टीको अान्तरिक मामलामा सामेलगराउने कार्य साच्चै निन्दनीय र खेदजनक छ।यस्ताराजनीतिक दलले राष्ट्रियताकाबिषयमा कहिलेसम्म जनताझुक्याउने?अनि हाम्रोमित्रराष्ट्रचिनले यस्ताकार्यमा हाक्काहाक्की हातहाल्नु खेदजनक छ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर ३ २०७७०९:१३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend