बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नवलपरासीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिसहित १५० जना कांग्रेसमा प्रवेश

नवलपरासीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिसहित १५० जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • बुधवार, मंसिर ३ २०७७

  • 7.6K
    SHARES

  • नवलपरासीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिसहित १५० जना कांग्रेसमा प्रवेश

    काठमाडौं - पश्चिम नवलपरासीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिसहित १५० जना कांग्रेस प्रवेश गरेका छन्। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ पुसौलिमा छठ पर्वको अवसरमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमा सरावल गाउँपालिका वडा नं. ३ ,५ ,६ र ७ का विभिन्न पार्टी परित्याग गरि १५० जना कांग्रेस प्रवेश गरेका हुन् ।

    कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलबाट सदस्यता ग्रहण गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेस सरावल गाउँपालिका कार्यसमितिको आयोजनामा कार्यसमिति सभापति बिनोद कुमार पाण्डेयको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य कँडेलले नेपाली कांग्रेसको बिचार र सिद्धान्तलाई अङ्गालेर प्रवेश गरेका नेता कार्यकर्तालाई कांग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने बताए ।

    सरावल गाउँपालिका वडा नं. ५ देखि ७ सम्म र पाल्हिनन्दन १ र केही वडामा डुबान समस्या रहेको हुनाले केन्द्रीयस्तरबाट आफुले पहल गरिरहेको बताउँदै कांग्रेसमा आबद्ध सबैले आफ्नो समस्या र समाजका समस्यामा हातेमालो गरेर अघी बढ्न सुझाब दिए । उनले नेपाली कांग्रेसका सबै वडास्तरका कार्यकर्तालाई सक्रियताका साथ लागेर कांग्रेस बलियो बनाउन आग्रह गरे।

    पछिल्लो एक महिनामा नवलपरासीको विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ता कांग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सभापति बिष्णु पौडेलको दाबी छ ।

    कार्यक्रममा केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, महासमिति सदस्य राधेश्याम चौधरी, महासमिति सदस्य अनिल कुमार गौड, महाधिवेशन प्रतिनिधी उत्तमा राय, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, रामग्राम नगर उपप्रमुख रम्भा कुँवर, क्षेत्रीय उपाध्यक्ष चन्द्र कुमार गुप्ता, वडा नं.७ सभापति संजय मिश्रा, दिपक क्षेत्री, पूर्व महाधिवेशन प्रतिनिधि झिन्कु चौधरी लगाएतको वक्ताहरुले समृद्ध नेपाल निर्माण गर्न नेपाली कांग्रेस बाहेक अर्को विकल्प नभएकोले कांग्रेसप्रति लहर जागेको दाबी गर्दै नवप्रवेशीहरुलाई स्वागत गर्दै छठको शुभकामना ब्यक्त गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend