बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

काँग्रेस नेता उपाध्यायको निधन

काँग्रेस नेता उपाध्यायको निधन

  • मिडिया डबली
  • आइतवार, कार्तिक ३० २०७७

  • 5.0K
    SHARES

  • काँग्रेस नेता उपाध्यायको निधन

    काठमाडौं- नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ ।   

    श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले बताए ।

    डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आएका उउनी वि सं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएर जिम्मेवारी बहन गरेका थिए ।

    उनले प्रजातन्त्र स्थापना र पुनःस्थापानका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका तीन छोरा र श्रीमति छन् । स्वर्गीय उपाध्यायको आजै कैलालीको कर्णाली नदी घाटमा आज अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काँग्रेस नेता कार्यकर्ताको उपस्थिति थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend