बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बामदेव गौतमका १२० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

बामदेव गौतमका १२० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, कार्तिक २९ २०७७

  • 10.3K
    SHARES

  • बामदेव गौतमका १२० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    बर्दिया – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ सय २२ जना बर्दिया जिल्लाका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    बर्दियाको गेरुवा गाउँपालिका– १ मा शुक्रबार आयोजित प्रथम वडास्तरीय कांग्रेसको भेलामा नेकपाका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमको गृहजिल्ला बर्दियामा उनकै नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेस गुरुवा– ३ वडा सभापति यमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य डा.गोपाल दहित, विशिष्ट अतिथि बर्दिया कांग्रेसका सभापति एवम् प्रतिनिधि सभाका सांसद सञ्जयकुमार गौतमलगायतका नेताहरूले नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन्। डा।दहित, सभापति गौतमसहितका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा प्रवेश गराएका थिए।

    नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेमा जनकनगरका मेवालाल चौधरी, डाक्टर थारु (रमेश), रामकुमार चौधरी (मुक्तिपुर)लगायत २ दर्जन स्थानीय नेता कार्यकर्ता रहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend