काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्रकारुपमा रहेको चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ले कुनैतिक तरिकाले नेपाली कांग्रेसलाई ‘भारतीय पार्टी’ भनेकोमाथि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ ।
शुक्रबार बसेको बैठकका निर्णयहरु सुनाउँदै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताएका हुन् ।
कांग्रेसले गर्यो नयाँ केन्द्रीय सदस्यहरू थप [ नामावली सहित ]
उनले कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखन्डताकाप्रति समर्पित भएको र चीनमात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने बताए।
यो विषयमा दुई देशका संयुक्त टोलीले ऐतिहासिक तथ्यहरु, भोगचलनको तथ्यहरु, सीमास्तम्भको स्थिति सबैको मूल्यांकन गरेर निर्क्योलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको उनले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।