काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले विमलेन्द्र निधि सभापतिको उम्मेद्धवार हुँदा पार्टीमा सकारात्मक असर पर्ने बताएका छन् ।
डा. रिजालले पार्टीको आसन्न महाधिवेशनमा विमलेन्द्र निधि सभापतिको उम्मेद्धवार हुँदा दुईभन्दा बढि उम्मेद्धवार हुने र पार्टी अहिलेझैं दुईवटा ध्रुवमा चर्को गरी विभाजित नहरनेपनि स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले लेखेका छन्,‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन। त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्नेरनगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्नेरनसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।’
डा. रिजाललगायतका अन्य नेताहरुको साथ मिलेमा नेता निधि सभापति बन्दै भाग्य चम्काउँने सम्भावनामा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।