काठमाडौ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्। आइतबार सभापति देउवाको निवास बूढानिलकण्ठमा भएको छलफलको क्रममा पौडेलले केपी ओली जस्तो देउवा नभएको भन्दै प्रशंशा गरेका हुन्।
पौडेल समूहले पार्टी कार्यालयमा बुझाएको १६ बुँदे विरोध पत्रको विषयमा छलफल गर्न बसेको शीर्ष नेताको बैठकमा पौडेलले भने, ‘जे भएपनि तपाईँ (देउवा) केपी ओली जस्तो हुनुहुन्न। बैठक बोलाएर हाम्रो कुरा सुन्नु भयो धन्यावाद।’ आइतबारको बैठकपछि कांग्रेसको विवाद पनि तत्कालका लागि मत्थर भएको छ।
रामचन्द्र पौडेल पक्षले सभापति देउवाले पार्टीमा एकलौटी गरेको, विधान विपरित विभाग गठन गरेकोले विभाग खारेज हुनुपर्ने, अन्यपार्टीबाट प्रवेश गरेकालाई मनोमानी ढंगबाट क्रियाशिल सदस्यता वितरणको जिम्मा दिएको आरोप लगाउँदै आएको छ। देउवाले विभाग गठनको विषयमा भने आफू छलफल गर्न तयार नरहेको प्रष्ट पारे पनि विवाद तत्काललाई मिलेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।