काठमाडौं - आन्तरिक विवाद मिलाउन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा फागुनमा हुने भनिएको १४ औँ महाधिवेशनको विषयमा छलफल हुनेछ। उता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने पार्टी कार्याललललयमा बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल र सहमति नभएसम्म अरु विषयमा छलफल गरेर फाइदा नहुने बताएको छ।
यता सभापति देउवा भने पौडेल समूहले भने झैँ गठन भइसकेका विभागहरु खारेज नहुने र यो बाहेक अरु विषयमा छलफल गर्न आफू तयार रहेको बताउँछन्। पौडेल पक्षले देउवाले एकलौटी ढंगले गठन गरेको विभाग खारेज गर्नुपर्ने र फागुनमै महाधिवेशन गर्नुपर्ने माग राखेको छ। आजको बैठकमा केही नेताले धारणा राख्ने र त्यसपछि कात्तिक २४ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ।
शुक्रबारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू डा रामशरण महत, डा मिनेन्द्र रिजाल, एनपी साउदलगायतले १४ औं महाधिवेशन फागुन गर्न समस्या रहे पनि धेरै टाढा सार्न नमिल्ने धारणा राखेका थिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र केही प्रभावशाली केन्द्रीय सदस्यहरूको उपस्थिति छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको ध्यानाकर्षणपत्रका विषयलाई टुङ्गोमा पु¥याएर कात्तिक २४ गते केन्द्रीय कार्य समितिको बैठक बस्ने तयारी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।