बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेसका आधादर्जन केन्द्रीय सदस्यलाई कोरोना

कांग्रेसका आधादर्जन केन्द्रीय सदस्यलाई कोरोना

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २१ २०७७

  • 3.3K
    SHARES

  • कांग्रेसका आधादर्जन केन्द्रीय सदस्यलाई कोरोना

    काठमाडौं - नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय सदस्यहरु दिलेन्द्र बडू, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा कोरोना संक्रमण देखिएको हो।

    उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्टि गरेका छन्। पौडेलले आफ्नो फेसबुकमा लेखेर उनीहरु सबैको स्वास्थ्य लाभको कामना पनि गरेका छन्। मन्सुरबाहेक सबै नेताहरु होम आइसोलेसनमा रहेका छन्। मन्सुरलाई भने कात्तिक १९ गते हेलीकोप्टर मार्फत बीरगञ्जबाट काठमाडौं ल्याइएको हो।

    यस अघि कांग्रेसका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापालगायत सात जनालाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समितिको बैठक नै स्थगित भएको थियो। अहिले उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ। त्यस्तै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा पनि अस्पतालमा उपचाररत छन्। उनको कोरोना भाइरसको संक्रमण नरहेपनि फोक्सोको निमोनियाका कारण उनी अस्पतालमै छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend