काठमाडौं - प्रतिनिधिसभाका सदस्य तथा सफल व्यवसायी सूर्य बहादुर केसीको निधन पछि रिक्त पदमा नेपाली कांग्रेसले मोहनप्रसाद पाण्डेलाई सिफारिस गर्ने भएको छ।
समानुपातिक खस अर्या क्लस्टराबाट सांसद बनेका केसीको निधन पछि स्याङ्जाका पाण्डे सांसद बन्न लागेका हुन्। पाण्डेलाई केसीको स्थानमा सांसद बनाउने विषयमा पार्टीमा निर्णय भइसकेको कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले मिडियाडबलीलाई जानकारी दिए।
मधुमेह र उच्च रक्तचापका कारण विरामी रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार पोखरास्थित आफ्नै निवासमा मृत्यु भएको थियो।
केसीको निधन भएको जानकारी संघीय संसद सचिवालयले निर्वाचन आयोगलाई लिखित जानकारी पठाएपछि खसआर्य क्लस्टरमा एक पद रिक्त रहेको निवेदन संसदले कांग्रेसलाई लेख्नेछ। कांग्रेसले संघीय संसदलाई पाण्डेको नाम पठाएसँगै सोही क्लस्टरमा उनी सांसद हुनेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।