बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

आजको बैठकमा कांग्रेस विवादको गाँठो फुक्ला त ?

आजको बैठकमा कांग्रेस विवादको गाँठो फुक्ला त ?

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 6.1K
    SHARES

  • आजको बैठकमा कांग्रेस विवादको गाँठो फुक्ला त ?

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका लागि आज पनि शीर्ष नेताहरुको बैठक बस्दैछ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरी बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्।

    भोली शुक्रबारको लागि कांग्रेसले १४ औँ महाधिवेशन केन्द्रीत छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। आजको शीर्ष नेताहरुको बैठकले भोलीको बैठकको एजेण्डाका विषयमा पनि छलफल गर्ने बताइएको छ। ‘विवादहरु छलफलकै माध्यमबाट टुंग्याउनु पर्छ भनेर बैठक बस्न लागेको हो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘आजको बैठकले विवाद समाधान तिर जान्छ भन्ने आशा गरौँ।’ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले एकलौटी ढंगले विभाग विस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको अरोप देउवालाई लगाएको छ।

    एकलौटी गठन गरेको विभाग खारेज हुनुपर्ने माग पौडेल पक्षको छ। तर, देउवाले विभाग गठन फिर्ता नहुने र अरु विषयमा छलफल गर्न आफू तयार रहेको यस अघिको बैठकमा जवाफ दिइसकेकोले आज पनि सहमति हुने सम्भवना कम रहेको कांग्रेसकै नेताहरु बताउँछन्। पौडेल पक्षले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेतालाई देउवाको तोकादेशमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग राखेको छ।

    देउवा पक्षले भने विभागहरु विस्तार विधान अनुसार नै भएकोले पौडेल पक्षले राखेको कुनै पनि मागको सुनुवाई गर्ने संकेत दिएको छैन। यस अघि कात्तिक १७ गते पनि देउवाले वर्तमान र पूर्वपदाधिकारी तथा शीर्ष नेताको बैठकमा यसै विषयमा छलफल गर्न बैठक बोलाएका थिए। उक्त बैठकमा सहमति जुट्न सकेको थिएन। १८ गतेको लागि सरे पनि कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनपछि बैठक स्थगित भएको थियो। सोही बैठक आज बस्न लागेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend