बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली सरकारको निर्णयप्रति नेकपाकै नेताको कडा आपत्ति

ओली सरकारको निर्णयप्रति नेकपाकै नेताको कडा आपत्ति

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 4.6K
    SHARES

  • ओली सरकारको निर्णयप्रति नेकपाकै नेताको कडा आपत्ति

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न केपी ओली नेतृत्वको सरकारले गरेको निर्णय संघीयता विरोधी भएको बताएका छन्। यादवले विज्ञप्ती नै जारी गरेर यो कदम तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

    गत असोज ११ बसेको मन्त्रिपरिषदको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने गरेको थियो। सोही निर्णयको आधारमा असोज २८ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टामा नेपाल मात्र लेख्न भनेर कानुन मन्त्रालय मार्फत मातहतका सबै सरकारी निकायमा पत्राचार भएको थियो।

    देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छा अनुसार चलाउन खोज्नु महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं महान् सहिदहरुको अपमान र संघीयता विरोधी कदम भएको यादवको ठहर छ। असंवैधानिक निर्णय तुरुन्त सच्याउन सरकारसँग माग समेत गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २० २०७७०७:२०:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend