काठमाडौं- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मीनबहादुर विश्वकर्माको होस् खुलेको र कोरोना भइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ। उनको सचिवालयका अनुसार चिकित्सकहरुले दिएको पछिल्लो जानकारीमा विश्वकर्माको स्वास्थ्यमा सुधार आएको हो।
कांग्रेस केन्द्रीय सदस्य, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य बिश्वकर्मा कोराना संक्रमण भई हाल काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत छन् ।
प्रतिनिधिसभाका सदस्यसमेत रहेका विश्वकर्माको उपचारमा सरकारले विशेष ध्यान दिन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँभाणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी आग्रह गरेका थिए। कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले स्वास्थ्यमन्त्री ढकाललाई टेलिफोन गरी विश्वकर्माको उपचारका लागि भारत लैजान सरकारी तबरबाट सहयोग गर्न पनि भनेका थिए।
‘दाइको स्वास्थ्यमा सुधार आएको जानकारी चिकित्सकहरुले दिनु भएको छ,’ विश्वकर्माका सचिवालयका टेक बहादुर विकले भने, ‘होस खुलेको र कोरोना रिपोर्ट नेगेटिभ आयो भनेर जानकारी आएको छ। स्वास्थ्य सुधारोन्मुख छ।’
कात्तिक १ मा कोरोना भाइरसको पुष्टि भएपछि चार दिन घरमै बसेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो । उनको अवस्था झन् बिग्रिएर भ्यान्टिलेटरसम्मको आवश्यकता पर्न सक्ने भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । आइसीयूमा उपचार गरिरहँदा स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भेटिन्टलेटरमै राखेर उपचार गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।