काठमाडौं - नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष नेताहरूको बैठक आज नबस्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य एवं उद्योगपति सूर्यबहादुर केसीको निधनका कारण आजका लागि बोलाइएको कांग्रेस बैठक नबस्ने भएको हो ।
पार्टीको १४औं महाधिवेशनको मिति तय गर्न तथा केही समयअघि रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गरेको हस्ताक्षरसहितको ज्ञापनपत्रबारे पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।
सोमबार बसेको बैठकमा सभापति देउवाले नेता पौडेलकै कारण पार्टीको संगठन कमजोर भएको भन्दै आक्रोश पोखेका थिए । आगामी दिनमा कांग्रेस बिग्रेमा पौडेलले नै जिम्मेवारी लिनुपर्ने बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।