बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अरुण नेपाल र शरेस नेपालको गाउँमा नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेकाे लर्को

अरुण नेपाल र शरेस नेपालको गाउँमा नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेकाे लर्को

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 7.6K
    SHARES

  • अरुण नेपाल र शरेस नेपालको गाउँमा नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेकाे लर्को

    काठमाडाैं - पछिल्लो समय सिन्धुपाल्चोक जिल्लामा नेपाली काङ्ग्रेस प्रवेश कार्यक्रमले तिव्रता पाउँदै आएको छ। यसै क्रममा सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं ७ मा नेकपामा आबद्ध युवा लगायत स्थानीय नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

    नेकपा नेताहरुले चुनाव अगाडि चिप्ला र ठुला आश्वासन दिई अहिले आफ्ना समस्याहरुमा वेवास्ता गर्दै बेखबर रहने गरेको नमिठो अनुभवले नेपाली काङ्ग्रेसमा प्रवेश हुन बाध्य भएको नवप्रवेशी हरुले बताएका छन् । नवप्रवेशीहरुलाई पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टि खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, नेताहरु युधिर पैडेल लगायतले संयुक्तरुपमा टिका र खादा ओढाई नेपाली काङ्ग्रेसको विधि र विधानको धरातलमा स्वागत गरेका छन् ।

    पुर्व मन्त्री बस्नेतले सम्पुर्ण नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसको विचार र सिद्धान्तको धरातलमा हार्दिक स्वागत गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् भने भावी दिनहरुमा पार्टीले आफ्नो विधि र विधान भित्र रहि योग्यता र कार्यक्षमताको आधारमा उचित जिम्मेवारीहरु प्रदान गर्दै जाने कुराको आश्वासन पनि दिएका छन् ।

    यसरी दिनानुदिन नेपाली काङ्ग्रेस प्रवेशका निरन्तर कार्यक्रमहरुले नेकपा सिन्धुपाल्चोकमा हलचल मच्चाएको छ भने काङ्ग्रेसको संगठन निर्माणमा इट्टा थपिएको आभास भएको कांग्रेसले बताएकाे छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend