बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

भोलि १ बजे बस्ने गरी कांग्रेसको बैठक स्थगित

भोलि १ बजे बस्ने गरी कांग्रेसको बैठक स्थगित

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 6.1K
    SHARES

  • भोलि १ बजे बस्ने गरी कांग्रेसको बैठक स्थगित
    फाइल तस्वीर

    काठमाडौँ- नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक स्थगित भएको छ ।

    ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको बैठक भोलि १ बजे बस्ने गरी स्थगित भएको कांग्रेसका एक नेताले मिडिया डबलीलाई जानकारी दिएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, बरिस्ठ नेता कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय बिजयकुमार गच्छदार र बिमलेन्द्र निधि, महामन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत उपस्थित रहेका थिए ।

    त्यसैगरी बैठकमा सहभागी अन्य नेताहरुमा प्रकाशमान सिंह, रमेश लेखक, अर्जुननरसिंह केसी, मिलेन्द्र रिजाल, गोपालमान श्रेष्ठ, आन्नद प्रसाद ढुङ्गाना, ज्ञानेन्द्र बहादुर कार्की, रामशरण महत, बल बहादुर केसी, एनपी साउद, चन्द भण्डारी र गगन थापा लगायत करिब ३० जनाको सहभागी रहेको थियो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend