काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह गर्ने तयारी थालेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अत्यावश्यक छलफल गर्नका लागि संघीय संसदको अधिवेशन आह्वान आग्रह गर्ने तयारी कांग्रेसले गरेको हो। सरकारले कांग्रेसले गरेको आग्रह सुनेन भने अन्य दलसँग सहयोग लिएर विशेष अधिवेशन बोलाउने गरी कांग्रेस कस्सीएको हो।
त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गतेलाई बोलाइएको छ। सोही बैठकको लागि एजेण्डा तय गर्नका लागि पनि आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्दैछ। आजको बैठकका निर्णय गर्ने र केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गराएर कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन सरकारलाई भन्नेछ। सरकारले संसद बर्खे अधिवेशन गत असार १८ गते स्थगित गरेको थियो ।
संसद अधिवेशन स्थगित भएपछि कोभिडको महामारी बढ्दै गए पनि त्यसको समाधानबारे स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारले नसकेको भन्दै आलोचना भइरहेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संसद अधिवेशन बोलाउन आग्रह गर्ने पक्षमा आफूहरु रहे पनि धेरै सांसदहरू जिल्लामा रहेको र केहीमा कोभिडको संक्रमण रहेकाले समस्या देखिएको बताए ।
मिडियाडबलीसँगको कुराकानीमा संसदीय दलका प्रमुख सचेतक खाँणले भने, ‘देश नै कोरोनाका चपेटामा परेको छ। जनता समस्यामा छन्। कोही रोगले कोही भोकले मर्ने स्थिति आइसक्दासमेत ओली नेतृत्वको सरकार भ्रष्टाचारमै लिप्त रहेकोले खबरदारी गर्न र जनताको जीऊ धनको रक्षाका लागि बैठक बोलाउन कांग्रेसले आग्रह गर्न लागेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।