बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

आजको छलफलले कांग्रेसको विवाद मिल्ला त ?

आजको छलफलले कांग्रेसको विवाद मिल्ला त ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 4.1K
    SHARES

  • आजको छलफलले कांग्रेसको विवाद मिल्ला त ?

     काठमाडौं - सत्तारुढ नेकपाकै जस्तै फुटैको संघारमा त होइन तर, नेपाली कांग्रेसको जस्तो आन्तरिक द्वन्द्व र विवाद नेपालमा सायदै अरु पार्टीभित्र होला। अहिले भने सभापति शेरबहादुर देउवाले एकलौटी गरेको र महाधिवेशन टार्न खोजेको भन्दै संस्थापन इतर समूहले देउवालाई आरोप लगाइरहेको छ।

    हुन पनि देउवाले विभागहरु गठन गर्नका लागि पार्टीमा कुनै पनि छलफल नै गरेनन्। यता १४ औँ महाधिवेशन फागुन ७ लाई तोकिएको छ। यो मितिमा महाधिवेशन नहुने लगभग पक्का छ। आज बस्ने बैठकले नयाँ मिति २१ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्न सक्ने अनुमान पनि नेताहरुले गरेका छन्।

    यद्यपी वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ मितिको प्रस्ताव त के सुन्न पनि चाहँने मुडमा छैनन्। उल्टै उनी १३ औँ महाधिवेशनका पदाधिकारीहरुलाई कायम गरी महाधिवेशन फागुनमै गर्नुपर्ने बताउँदै आएका छन्। तर, सभापति देउवालाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले साद दिने संकेत देखिएकोले महाधिवेशनको नयाँ कार्यतालिका आउने सम्भावना पनि उत्तिकै छ। सिटौला फागुनमा महाधिवेशन सम्भव नभएको र बैशाख जेठमा गर्नुपर्ने बताउँदै आएका छन्।

    फागुनमा महाधिवेशन सम्भवन नभए देउवा नेतृत्वले थप ६महिना कार्यकाल लम्ब्याउन सक्ने पार्टीको विधानमा उल्लेख छ। उक्त छ महिनामा भने जसरी पनि देउवाले महाधिवेशन गराउनै पर्नेछ। गत १७ असोजमा बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधपत्रबारे जवाफ दिएपछि महामन्त्री पूर्णबहादुर खड्काले भनेका थिए‘केही विषयमा उपसभापति विमलेन्द्र निधिले जवाफ दिनु हुनेछ ।’

    निधिले आजको बैठकमा केही बोल्ने अनुमान गरिएको छ। निधि देउवालाई नचिढाउने गरी सन्तुलित भएर बोल्ने तयारीमा छन्। किनकि उनी आफैँ सभापतिको उम्मेदवार बनेर देउवालाई काउन्टर दिने दाउमा छन् । यस अघि अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले बैठक पर धकेलिएको थियो। पार्टी कार्यालय सानेपामा १९ र २५ असोजका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेन ।

    दसैं लगतै पार्टी सभापति शेरबहादुर देउवाले २१ कात्तिकका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । त्यसको पूर्वसंध्यामा फेरि पौडेल र संस्थापन समूहका केही नेताहरूबीच सोमबार छलफल हुँदैछ । पौडेल समूहले भोलिको छलफलमा आफूहरूले उठाएका १६ बुँदेको प्रष्ट जवाफ चाहेको देखिन्छ ।

    आज बस्ने बैठकलाई संस्थापन इतरका नेताहरुले देउवाले फकाउनको लागि यो बैठक आह्वान गरेको बताएका छन्। आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा शीर्ष नेताहरु सहभागी हुनेछन्। छलफलमा यस अघि पौडेललगायत २७ नेताले हस्ताक्षर गरेर बुझाएको बिरोधपत्रमाथि पनि छलफल हुने बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend