आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौंमा ओली सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फाेटाे फिचर)

काठमाडौंमा ओली सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फाेटाे फिचर)

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 5.4K
    SHARES

  • काठमाडौंमा ओली सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फाेटाे फिचर)

     काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो। नेविसंघ केन्द्रीय समितिले प्रदर्शनी मार्गमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

    अधिनायकवादको सरदार केपी ओलीको सरकार, जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन’ जस्ता प्लेकार्ड बोकेर नेविसंघले प्रदर्शन गरेका हुन्। कोरोना संक्रमितको उपचारबाट सरकारले हात झिकेको विरोधमा आफूहरू सडकमा आउनुपरेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए।

    त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा नेविसंघ कार्यकर्ता संलग्न रहेको आरोपमा केही नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। चलाउनेमाथि आक्रमणमा संगठनको हात नरहेको नेविसंघले दाबी गर्दै आएको छ। ‘हाम्रा नेता कार्यकर्तालाई प्रहरी प्रशासनले झुटा मुद्दा लगाएर दुस्ख दिएको छ,’ भट्टराईले भने, ‘वास्तविक दोषी उम्काउन प्रशासनले हाम्रा कार्यकर्तालाई नियन्त्रणमा लिई दुःख दिइरहेको छ।’ नेविसंघले सरकारलाई सच्चिएर अघि बढ्न र नसच्चिए चुप लागेर नबस्ने चेतावनी पनि दिएको छ।

    NSU1.jpg

    NSU2.jpg

    NSU4.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend