बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 5.5K
    SHARES

  • काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

    काठमाडौँ- नेपाली काँग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ निवासी सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा कार्यरत आफ्ना क्रियाशील सदस्य बलवीर परियारमाथि कुटपिट भएको घटनाको निन्दा गरेको छ ।

    काँग्रेसले परियारलााई शनिबार बिहान उक्त समितिको काउण्टरमा काम गर्दै गरेको अवस्थामा युवा सङ्घका सदस्य रवी बुढाको नेतृत्वको करीब १० जनाको समूहले हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको जनाएको छ ।

    सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

    काँग्रेसले दशैका बेलामा यात्रुको आवतजावतमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका परियारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend