आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता खतिवडाले कारागारलाई गरे पानी ट्याङकी सहयोग

कांग्रेस नेता खतिवडाले कारागारलाई गरे पानी ट्याङकी सहयोग

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 6.1K
    SHARES

  • कांग्रेस नेता खतिवडाले कारागारलाई गरे पानी ट्याङकी सहयोग

    ओखलढुंगा- नेपाली कांग्रेसका युवा नेता एवम् संविधानसभा सदस्य रामहरि खतिवडाले कारागारलाई पानी ट्याङकी सहयोग गरेका छन् ।

    कैदी बन्दीहरुलाई पिउने पानीको समस्या भएका कारण उनले ओखलढुंगा जिल्ला कारागारलाई १ हजार लिटरको हिलटेक पानी ट्याङकी प्रदान गरेका हुन् । 

    कारागारमा कैदीबन्दी तथा कर्मचारीले पानीको समस्या सुझाएपछि पानी ट्याङकी उपलब्ध गराएको खतिवडाले बताए । खतिवडाले कारागार कार्यालयका प्रमुख चुडामणि अर्याललाई हस्तान्तरण गर्दै पानीको समस्या समाधानका लागि सम्बन्धित निकायसंग पहल गर्ने बताए । 

    खानेपानीको समस्या भएको बेला उक्त हिलटेकमा पानी जम्मा गरेर सहज रुपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको जिल्ला कारागार कार्यालयका प्रमुख चुडामणि अर्यालले बताए ।

    खतिवडाले हिलटेकसंगैं कैदी बन्दीहरुलाई फलफूल समेत वितरण गरे। कैदीबन्दीहरुको शिप विकासमा हौसला थप्न कारागार भित्रै बुनेको ढाकाको केहि थान टोपी समेत खरिद गरी सहयोग गरेको खतिवडाले बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend