आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गण्डकीका मुख्यमन्त्रीले अर्थमन्त्रीलाई भेटेर मागे बजेट

गण्डकीका मुख्यमन्त्रीले अर्थमन्त्रीलाई भेटेर मागे बजेट

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 5.7K
    SHARES

  • गण्डकीका मुख्यमन्त्रीले अर्थमन्त्रीलाई भेटेर मागे बजेट

    पर्वत-  संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेट माग गरेका छन् ।

    शुक्रबारको भेटघाटमा प्रदेशका विभिन्न आयोजना तथा योजना पूरा गर्न आवश्यक  बजेट निकासका लागि प्रदेशमन्त्रीले अनुरोध गरेका हुन्।

    मुख्यमन्त्री प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार सङ्घ सरकारले सशर्त अनुदानको सर्तसहित गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट नआएका कारण भेटेरै बजेट विनियोजनको अनुरोध गरेका हुन्।

    संघीय सरकारले गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि दुई अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ। त्यस्तै आधारभूत खानेपानीका बर्सौं पुराना योजनाका लागि एक अर्ब पाँच करोड, ४३ ओटा विशेष खानेपानी आयोजनाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ आवश्यक छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend