काठमाडौं- नेपाल विद्यार्थी संगठन (नेविसंघ)का नेताहरुलाई श्रृंखलावद्धरुपमा पक्राउ गरेको भन्दै नेविसंघले सरकारलाई गम्भीर चेतावनी दिएको छ । नेविसंघका महामन्त्री दीपक भट्टराईले नेताहरुलाई बिनाकसुर पक्राउ गरेर झुटा मुद्दा लगाइ फसाउने अहंकारले संधलाई गम्भीर बनाएको बताएका छन् ।
महामन्त्री भट्टराईले अन्यायका विरुद्धमा लड्ने र अन्याय नसहने मौलिक चरित्र अँगालेको नेविसंघमाथिको यस्तो अहंकारी प्रवृतिको परिणाम भ्रष्ट सरकारले व्यहोर्नेभन्दै कडा चेतावनी दिएका हुन् ।
उनले नेविसंघले इतिहास देखि नै अन्यायका विरुद्ध आवाज उठाउँदै आएको र उठाउँदै जाने बताएका छन् ।
यसबाहेक नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ती जारी गर्दै बिना कसुर संघका नेताहरुलाई पक्राउ गर्ने कार्य तत्काल रौक्न आग्रह गरेका छन्। उनले नेविसंघका नेता दिपक ओझलाई कैलालीबाट पक्राउ गरेको घटनाको विरोध गर्दै यस्ता घटनाहरुको परिणाम सरकारले व्यहोर्नुपर्ने चेतावी समेत दिएका छन् । साथै नेता ओझालाई तत्काल रिहाई गर्न माग समेत उनले गरेका छन् ।
यस्तो छ नेविसंघद्वारा जारी विज्ञप्ती:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।