काठमाडौं - मानवअधिकार आयोगको पूर्व आयुक्तसमेत रहेका राष्ट्रपतिका पूर्व विज्ञ सल्लाहकार सुशिल प्याकुरेलको गुण्डागर्दीको पर्दाफास भएको छ । उनीविरुद्ध मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोपमा उजुरी परेको छ ।
साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर)को ब्युरो सदस्यका लागि प्याकुरेलको उमेदवारी परेपछि उनीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले प्याकुरेलकै नेतृत्वमा गम्भीर मानव अधिकार हननका काम भएको भन्दै उमेदवारी रोक्न उजुरी दिएका हुन् ।
उनले २०३६ सालको जनमत संग्रहका बेला नेपाली कांग्रेसका नेता गणेशमान सिंह, प्रदीपमान सिंह र ध्यानगोविन्द रन्जितलगायतका नेताहरुमाथि आक्रमण गरेको खुलेको छ । नेताहरु हेटौंडाको सभालाई सम्बोधन गर्न गएकाबेला माले निकट रहेका प्याकुरेल नेतृत्वको समूहले उक्त सभा सकिन लाग्दा नेताहरुमा सांघातिक हमला गरेका थिए ।
फलामे रडलाई टुप्पोमा छाताको डण्डीजस्तै बाङगो बनाएर सभामा रहेका गणेमान सिंह, प्रदीपमान सिंह र ध्यानगोविन्द रञ्जितको लुगामा पछाडिबाट अल्झाएर मञ्चबाटै लडाएका थिए ।
मञ्चबाट लडाएपछि उनीहरुको कपडा च्यातेर नाङ्गै बनाइएका थिए । नजिकै रहेको घरमा पसेपछि पनि घरबाट निकालेर आक्रमण गरेका थिए, तर अन्य सर्वसाधारण आएर मात्रै गणेशमान सिंहको ज्यान जोगिएको थियो ।
त्यसैगरी उनले लामो समयदेखि नक्कली प्रमाणपत्रको आधारमा विभिन्न ठाउँमा जागिर र नियुक्ति खाइरहेका छन् । अहिले नेकपा कार्यकर्ता रहेका तत्कालीन माले कार्यकर्ता प्याकुरेलले कुनै एक पार्टीको झण्डा समातेर विज्ञ अथवा मानवअधकारकर्मी भन्दै नागरिहरुमा भ्रम फैलाउने काम गरेका छन् ।
यसअघि उनी राष्ट्रपतिका विज्ञ सल्लाहकार थिए । उनले विभिन्न ठाउँमा आफ्नो परिवारलाई नियुक्त दिन भूमिका खेलेको भन्दै आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।