झापा- नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ । कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्नुहुने उनकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको गए राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित थिए ।
कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्यसमेत रहेका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज मानिन्छन् । स्व. रमादेवीकी जेठा छोरा विनोद, प्रमोद र आमोद र छोरी प्रमिला अधिकारी छन् । मृतकको शव आज बिहान ११ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसैवीच गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहेका पूर्णानन्द शर्माकी धर्मपत्नी रमादेवीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।