बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

दशैंका बेला कांग्रेस केन्द्रिय कार्यालयबाट आयो यस्तो सुचना

दशैंका बेला कांग्रेस केन्द्रिय कार्यालयबाट आयो यस्तो सुचना

  • मिडिया डबली
  • आइतवार, कार्तिक ९ २०७७

  • 6.2K
    SHARES

  • दशैंका बेला कांग्रेस केन्द्रिय कार्यालयबाट आयो यस्तो सुचना

    काठमाडौं-  नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम नगर्ने घोषणा गरको छ ।

    नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी फैलिएको कारणले यस वर्ष शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम नगर्ने बताएका हुन् । शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोरोनाका कारण यो वर्ष नगरिने भएको हो ।

    'वि.सं. २०३३ सालमा जननायक बी।पी। कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै थियो विज्ञप्तिमा भनिएको छ, 'हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend