रुकुम पश्चिम- आठबिसकोट नगरपालिका वडा नम्बर ९ का कुबेर ओली र उनकी श्रीमती बिमला केसी ओली माथी अज्ञमत समुहले आक्रमण गरी घाइते बनाएको छ ।
बुधबार साझ ७ बजे राडिबजारतर्फ मोटरसाइकलमा आएका उनीहरुलाई पैदल आएका ३ जनाको समुहले फलामको रड, नक, लाठी समेत प्रयोग गरि घाईते बनाएको प्रहरीले जनाएको छ ।
कुबेरको श्रीमती बिमलाका अनुसार, बाइकबाट आउने क्रममा अगाडितर्फको सडक खण्डमा आठबिसकोट नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मानबहादुर चदाराका भाई मनोज चदारा र अर्जुन चदारा बाइक रोकेर बसेको बेला आफूसँग कुरा गर्न खोजेको र त्यसैबेला पछाडिबाट आएका २(३ जनाले आक्रमण गरेर भागेका हुन् । उनिहरुका सामुन्ने त्यसरी आक्रमण हुँदा वडाअध्यक्ष भाईहरुले बेवास्ता गरेको उनको दुखेसो रहेको छ ।
कुबेरको अनुहार, टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको छ । अवस्था गम्भीर भएपछि उनलाई राति नै थप उपचारको लागि कोहलपुर लगिएको छ । घटना संलनहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ । कुबेरले केही महिना अघि नेकपा बिप्लव समुह त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।