काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का एक केन्द्र्रीय स्तरका नेता पार्टी त्याग गरेका छन् । संघीय परिषद् अध्यक्षमा डा.बाबुराम भट्टराई चयन भएकै दिन ती नेताले पार्टी त्यागको घोषणा गरेका हुन् ।
जसपाका केन्द्रीय स्तरका नेता राजाराम पासवानले मंगलबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। नवलपुरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी घर भएका पासवान मधेशवादी दल एकीकरण हुनुअघि राष्ट्रिय जनता पार्टी (राजपा) केन्द्रीय सचिव थिए।
पार्टी परित्यागकाका क्रममा उनले भने, ‘चमार, मुसहरको बस्तीमा डोजर चल्दा, भोकले दलित मर्दा तथा हिरासतभित्रै मारिँदा, दलित चेली बलात्कृत हुँदा समेत केही नबोल्ने र पारिवारिक तथा जातिय स्वार्थ पूरा गर्ने पार्टीमा बस्न उचित नठानेर मैले जसपा परित्याग गरेको हुँ,’ नेता पासवानले पत्रकार सम्मेलनमा भने।
त्यस्तै उनले भने, ‘मधेशी, दलित, जनजाती, मुस्लिम लगायत पिछडावर्ग समुदायको बलिदानीको जगमा राजनीति गर्नेले पदमा पुग्दा आफन्तलाई मात्रै काखी च्यापे,’ पासवानले भने, ‘पार्टीको कार्यकर्ता नै नरहेका तथा आफ्ना श्रीमति, भाइ, भतिजा, साला साली, सम्धी, सम्धीनीलाई अवसरहरु प्रदान गर्ने चरम नातावाद देखियो।’
मंगलबार जसपाको शक्तिशाली संघीय परिषद अध्यक्षमा भट्टराई चयन भएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।