बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दसैं भत्ता बाँडेको सम्बन्धमा महामन्त्रीको स्पष्टिकरण, के भने स्पष्टिकरणमा ?

दसैं भत्ता बाँडेको सम्बन्धमा महामन्त्रीको स्पष्टिकरण, के भने स्पष्टिकरणमा ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक ५ २०७७

  • 5.7K
    SHARES

  • दसैं भत्ता बाँडेको सम्बन्धमा महामन्त्रीको स्पष्टिकरण, के भने स्पष्टिकरणमा ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विभिन्‍न अनलाइन सञ्‍चारमाध्मयममा नेपाली कांग्रेस समर्थित पत्रकारहरुलाई दसैं भत्ता लिएको सम्बन्धमा स्पष्टिकरण दिएका छन् । 

    महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले मंगलबार राति सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, "दसैंमा नेपाली कांग्रेसका महामन्‍त्रीले दसैं खर्च बाँडेक भनि प्रकाशित समाचारका सम्बन्धमा म निम्‍न कुरा स्पस्ट पार्न चाहान्छु ।"

    राजकुमार नाम गरेका एकजना आफन्तले केही दिनअघि दसैं खर्च दिनका लागि महामन्त्री कोइरालाका स्वकीय सचिव तिवारी बारम्बार अनुरोध गरेपछि एउटै नाम गरेका अनलाइन खबरका पत्रकारको सोही नाम परेको विषय भन्दै स्पष्टिकरण दिएका हुन् ।

     तिवारीले सामाजिक सञ्‍चाल फेसबुकमा लेखेका छन्, "मलाई राजकुमार नाम भएका व्यक्तिले बारम्बार अनुरोध गरेका थिए । त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ । कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाईंलाई एउट समान दिन्छ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यलय सहयोगी पठाइदिन्छु भन्‍नुभयो ।"

    हतारमा गरिएको संवादका आधारमा आधारमा भूलवश सहयोग गलत ठाउँमा पठाएको विषयमा तिवारीले स्पष्टिकरण दिएका हुन् । 

    "सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटी भएको भएको हो । यसबारेमा कांग्रेसका महामन्‍त्री डा. शशाङ्क कोइरालालाई कुनै जानकारी छैन । यो उहाँको सरोकारको विषय पनि होइन । त्यसैले यो विषयलाई महामन्‍त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु," तिवारीले भनेका छन् । 

    समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति महामन्त्री कोइराला सचेत र संवेदनशील रहेको विषयमा पनि तिवारीले स्पष्टिकरण दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend