बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

काेराेना परीक्षण र उपचारका विषयमा नेकपामाथि कांग्रेस सभापति देउवाका गम्भीर टिप्पणी

काेराेना परीक्षण र उपचारका विषयमा नेकपामाथि कांग्रेस सभापति देउवाका गम्भीर टिप्पणी

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 3.5K
    SHARES

  • काेराेना परीक्षण र उपचारका विषयमा नेकपामाथि कांग्रेस सभापति देउवाका गम्भीर टिप्पणी

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार माहामरीका बेला निकै नै गम्भीर हुनुपर्नेमा झन लापरवाह हुने आपत्तिजनक विषय भएको बताएका छन् ।

    महामारीका बेला रोगले छटपटाएका जनताको उपचार नगर्ने हो भने त्यस्तो सरकारलाई जनताले कर तिर्दिन भन्न पाउने बताएका छन्। मंगलबार ट्विट गर्दै सभापति देउवाले भनेका छन्, ‘महामारीमा जनताको निःशुल्क उपचार गर्नु राज्यको आधारभूत दायित्व हो, यस्तै महामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिर्ने हो,’ प्रमुख प्रतिपक्षी दलका नेता देउवाले भनेका छन्, ‘तर महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन्।’

    यसबाहेक उनले सरकार संविधानको तोकेको आधारभूत सेवा दिनबाट चुकेको बताएका छन्। ‘संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ उनले भनेका छन्, ‘अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा हरेक जनतालाई कुनै भेदभाव नगरी स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व हो।’

    सरकारकै हेलचक्राईका कारण कोरोना भाइरस समुदायस्तरमा फैलिएको बताउँदै देउवाले संक्रमित भएका सर्वसाधरणको निःशुल्क उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवार निर्णय मात्रै नभई संविधानको ठाडो उल्लंघन भनी टिप्पणी गरेका छन्।

    ‘म सरकारलाई तत्काल सशुल्क उपचार गर्ने निर्णय खारेज गरी सर्वोच्च अदालतको पटक पटकको आदेशलाई समेत पालना गर्दै हरेक नागरिकको पीसीआर परीक्षण र कोरोनाको उपचार निशुल्क गराउन जोडदार माग गर्दछु,’ उनले भनेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend