काठमाडौं- नेपाली कांग्रेसले कोभिड–१९ (कोरोनाभाइरस) संक्रमितले उपचार र संक्रमणबारे परीक्षण निशुल्क नगर्ने सरकारी निर्णय फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
माहामारीका बेला निशुल्क उपचार गर्नुपर्ने संवैंधानिक नियम र अदालतको आदेश विपरित सरकारले वर्ग र समुह छुट्याएर मात्रै उपचार गर्ने भन्नु गैर जिम्मेवार रहेको कांग्रेसको भनाइ छ ।
कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरेका छन्। उनले संविधानले ग्यारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए ।
उनले यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन सरकारलाई माग गरेका छन् ।
यस्तै कांग्रेस सह–महामन्त्री प्रकाश शरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए । यदि सरकारले निर्णय फिर्ता नलिए कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने नेता महतले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।