बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कोरोना कोषमा कांग्रेस सांसदले जम्मा गरे ४३ लाख, संक्रमितकाे निशुल्क उपचार गर्न आग्रह

कोरोना कोषमा कांग्रेस सांसदले जम्मा गरे ४३ लाख, संक्रमितकाे निशुल्क उपचार गर्न आग्रह

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 7.2K
    SHARES

  • कोरोना कोषमा कांग्रेस सांसदले जम्मा गरे ४३ लाख, संक्रमितकाे निशुल्क उपचार गर्न आग्रह

    काठमाडौं- नेपाली कांग्रेसले कोरोना भाइरसको माहमारीका बेला देश चरम संकटमा रहेको कुरालाई मध्यनजर गर्दै कोरोना राकेथाम तथा नियन्त्रण कोषमा करिब ४३ लाख रुपैयाँ जम्मा गरेको छ ।

    सभापति शेरबहादुर देउवाको निर्देशनमा कांग्रेस संसदीय दलले सबै सांसद सदस्यहरुलाई उपलब्ध गराइएको दशैं भत्तावाफतको उक्त रकम कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

    संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार एक विज्ञप्ति जारी गर्दै संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका कांग्रेसका सबै सदस्यहरुले प्राप्त गरेको दशैं भत्ता रकम वापत हुन आउने ४३ लाख २० हजार ८ सय १० रुपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

    यसबाहेक कांग्रेसले कोरोना भाइरसको महामारीबाट आक्रान्त जनताको जीवन रक्षार्थ परिक्षण र उपचारको दायित्वबाट हात झिक्ने सरकारको कदम अनुचित रहेको बताएको छ । काेराेना संक्रमितकाे उपचार र परीक्षणकाे जिम्मा सरकारले नै व्यहाेर्नु पर्ने चाैतर्फि आग्रह रहेकामा कांग्रेसले पनि सरकारलाई यस्तै सुझाव दिएकाे छ ।

    ‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोु  विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेसले विज्ञप्तीमार्फत सरकालाई कोरोना भाइरसबाट संक्रमितको निशुल्क उपचार गर्नु पर्ने संकेत गराएको छ । सरकारले हिजो मात्रै कोरोना भाइरसको परीक्षण  र उपचार खर्च गरिब र विपन्न बाहेकका सबैले आफै व्यहोर्नु पर्ने निर्णय गरेको थियो ।

    यस्तो छ सचेतक खाणद्वारा जारी विज्ञप्ती:

    कार्तिक ३, २०७७

    प्रेस विज्ञप्ति

    १- कोभिड १९ ९कोरोना भाईरस० बाट देशभर दिन प्रति दिन संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको अवस्थामा परीक्षण र उपचारको दायरालाई बढाउँदै जानु पर्नेमा त्यसको ठिक विपरित नेपाल सरकारको कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिकले आफै गर्नुपर्ने तथा संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने जस्ता गैरजिम्मेवार तथा गलत निर्णयले यो महामारीले विकराल रुप लिने हुँदा नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।


    सम्मानित सर्वोच्च आदलतको कोरोना भाइरस परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्नु भन्ने आदेशलाई समेत सरकारले अवज्ञा गर्दै जनहित विपरितको निर्णय गरेको छ ।  संविधान, कानून तथा अदालतको आदेश समेत सरकारले पालना नगरे कस्ले गर्ने रु कोरोना भाइरस एक महामारी संक्रामक रोग भएको कारणले यसको परीक्षण र उपचारको दायित्व सरकारको हो ।

    सरकारले हालै गरेको निर्णयले भोलिका दिनमा भयावह स्थिति सृजना हुने निश्चित छ । तसर्थ, आमनागरिकको जीवन माथि नै खेलवाड हुने गरी गरिएको निर्णयलाई तत्काल सच्याउन जोडदार माग गर्दै जनता प्रति उत्तरदायी, संवेदनशील र गम्भीर बनी आमनागरिकको जीवन रक्षामा अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउँदछौं । 

    २-  कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको  विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशै भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ ।

    उक्त रकम वापत हुन आउने ९रु ४३,२०,८१०।–  त्रिचालिस लाख बीस हजार आठ सय दश० जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गर्दछ ।   

    जय नेपाल !

    बालकृष्ण खाण
    प्रमुख सचेतक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend