आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा सांसद लुकाउने चरक हस्पिटलका सञ्चालक पोखरेलसँग बालुवाटारको दोस्ती

गण्डकीमा सांसद लुकाउने चरक हस्पिटलका सञ्चालक पोखरेलसँग बालुवाटारको दोस्ती

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 6.6K
    SHARES

  • गण्डकीमा सांसद लुकाउने चरक हस्पिटलका सञ्चालक पोखरेलसँग बालुवाटारको दोस्ती

    काठमाडौं - कम्युनिस्टहरूले फेरि एकपटक संसदीय व्यवस्थाको हुर्मत लिएका छन् । स्वस्थ व्यक्तिलाई कोरोना लागेको भनेर आइसियुमा पठाएका छन् ।

    बुधबार गण्डकी प्रदेशमा सत्ता जोगाउन गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको हर्कतले विहारी शैलीलाई अनुशरण गरेको छ । यस्तो दृश्य दक्षिण भारतीय फिल्ममा धेरै हेर्न पाइन्छ ।

    मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने बेला गण्डकी सरकारकै अगुवाइमा राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई चरक हस्पिटलमा हतार हतार भर्ना गरियो । जबकि उनको मंगलबार स्वाब लिएर गरिएको सरकारी हस्पिटलमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । सरकार संरक्षित गुण्डागर्दीले गण्डकी प्रदेशमा सीमा नाघेको छ ।

    जनमोर्चाका सांसदलाई शंकास्पद तरिकाले राख्ने चरक हस्पिटलका सञ्चालक कपिल पोखरेल हुन् । उनको बालुवाटारसँग निकै राम्रो सम्बन्ध रहेको बुझिएको छ । सोही कारण मुख्यमन्त्री गुरुङले चरक हस्पिटलमा भर्ना गर्न लगाएर कसैलाई भेट्न नदिएका हुन् ।

    बिरामीको स्वास्थ्य अवस्थाको जानकारी डाक्टरले नभएर सञ्चालक पोखरेल आफैले दिनुले गण्डकी प्रदेशमा सरकार जोगाउन बालुवाटार नै प्रयोग भएको देखिएको छ । पोखरेल एमाले नेता महेश बस्नेतका निकटतम मित्र समेत भएको स्रोतले बतायो ।

    महेश बस्नेतले गत वर्षको लकडाउनमा ओलीको कुर्सी जोगाउन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौंको मेरियट होटलमा ल्याएर राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend