सिन्धुपाल्चोक- नेपाल तरुण दल सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ देउरालीका बाढीपहिरो पीडित स्थानीय मास्क तथा खाद्य सामग्री वितरण गरेको छ ।
आइतबार तरुण दलका अध्यक्ष दोर्जे लामाले देउराली घलाङ्साका बाढीपहिरो पीडितहरूलाई दशैँ मान्नका लागि ५६ बोरा चामल वितरण गरेको बताएका छन् । चामलसँगै उनीहरुलाई मास्क समेत वितरण गरिएको छ । चामल वितरणपछि स्थानीयहरु दशैं मनाउँन समस्या टरेको भन्दै खुसी भएका छन् ।
अध्यक्ष लामाले संकटमा बेला पीडितले भोकै बस्न नपरोस भनेर चामल वितरण गरेको बताएका छन् । उनले भने, ‘दशैँका बेला बाढीपहिरो पीडितहरूलाई भोकै बस्न नपरोस भनेर हामीले सकेको चामल वितरण गरेकाम छौँ’, अध्यक्ष लामाले भने, ‘कोरोनाबाट बच्न जनचेतनाका लागि सर्जिकल मास्क पनि वितरण गरेका छौँ ।’
यसअघि शनिबार तरुण दल सिन्धुपाल्चोकले त्रिपुरासुन्दरी गाउँपालिका–२ सेलेलेका बाढीपहिरो पीडितहरूलाई खाद्यान्न तथा मास्क वितरण गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।