सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तरुण दलको सरकारलाई चेतावनी : हामीलाई मैदानमा आउन बाध्य नपारियोस्

तरुण दलको सरकारलाई चेतावनी : हामीलाई मैदानमा आउन बाध्य नपारियोस्

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 5.0K
    SHARES

  • तरुण दलको सरकारलाई चेतावनी : हामीलाई मैदानमा आउन बाध्य नपारियोस्

    काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सरकारले काग्रेस र जनतामाथी ज्याजती गरेको आरोप लगाएको छ। तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले आज विज्ञप्ती जारी गरी हिजो सोमबार गुल्मी कांग्रेसले जिल्ला प्रशासन कार्यालय गुल्मी ज्ञापन पत्र बुझाउन जाँदा अवरोध गरी दमन गरेको भन्दै विरोध जनाएका हुन्।

    प्रशासनले धरपकड गर्दा नेपाली कांग्रेसका गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस गुल्मी निर्वाचन क्षेत्र २ (क) का सभापति पूर्ण केसीलगायतका कार्यकर्ता घाइते भएको विज्ञप्तीमा उल्लेख छ। ‘प्रहरी दमनमा परी घाईते हुनुभएका सम्पूर्ण नेता कार्यकर्ताको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

    यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कारवाहीको माग समेत गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ, ‘शान्तिपूर्णशैलीमा आफ्ना मागहरु सम्बन्धित निकायमा बुझाउन जाँदा गरीएको यसप्रकारको दमनको नेपाल तरुण दल खेद प्रकट गर्दछ।’ बस्नेतले कांग्रेसको शालीनता अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने निरंकुशता गतिविधि बढ्दै गए तरुण दल चुप लागेर नबस्ने बताएका छन्।

    ‘नेपाली काँग्रेसको शालीनता अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने यस्तो निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुण दल चुप लागेर नबस्ने र सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी समेत दिईन्छ’ विज्ञप्तीमा भनिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १ २०७७०९:११:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend