सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तरुण अध्यक्ष विष्टद्वारा सुर्खेतमा नमुना कार्य, गरिबलाई सहयोग गर्दै बिताउँछन् दिन

तरुण अध्यक्ष विष्टद्वारा सुर्खेतमा नमुना कार्य, गरिबलाई सहयोग गर्दै बिताउँछन् दिन

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 6.0K
    SHARES

  • तरुण अध्यक्ष विष्टद्वारा सुर्खेतमा नमुना कार्य, गरिबलाई सहयोग गर्दै बिताउँछन् दिन

    दैलेख- कोरोना भाइसको माहामारीका बेला नेपाली कांग्रेस एवं भातृसंगठनले देशभर गरिब, असहाय, एवं विपन्नवर्गलाई सहयोग एवं राहत वितरण गर्दै आइरहेको छ । 

    यसबीच आज कांग्रेस भातृसंगठन तरुणदलले दैलेखमा राउटे समुदायका १ सय जनालाई समेत खाना खुवाएको छ । तरुण दल सुर्खेतका जिल्ला अध्यक्ष हरि विष्टको नेतृत्वमा नगेन्द्र उपाध्यायलगायतले राउटे समुदायलाई खाना खुवाएका हुन् ।

    लोपोन्मुख राउटे समुदाय पछिल्लो समय खाद्य संकट एवं भोकमारीमा रहेका छ । यसबीच नेपाल तरुण दल सुर्खेतका अध्यक्ष विष्टलगायतले जंगलमै पुगेर १ सय जना राउटे समुदायलाई खाना खुवाएको हो ।

    अध्यक्ष बिस्टले यसअघि समेत विभिन्न जनसेवाका नमुना कामहरु गर्दै आएका छन् । यसअघि उनले र्खेतकी अति विपन्न परिवारकी शिला नेपालीको उपचार गरेर जीवन बचाइदिएका थिए ।

    तरुण अध्यक्ष विष्टले आफ्नो व्यक्तिगत खर्चमा शिलाको प्रादेशिक अस्पताल सुर्खेतमा पित्तथैलीको शल्यक्रिया गरिदिएका थिए ।

    यसअघि, तरुण दल सुर्खेतका अध्यक्ष विष्टले कोरोना महामारी र निषेधाज्ञा तथा लकडाउनका कारण समस्यामा परेका अपाङ्ग, मजदुर, दलित र अति विपन्न परिवारहरूलाई खाद्यान्नसहितको सहयोग गरेका थिए । विष्टले ३–४ सय जनालाई लकडाउनका बेला सहयोग गरिसकेका छन् ।

    अहिले पनि विष्टले समस्यामा परेकालाई खाद्यान्नसहितका सामग्री सहयोग गर्दै आएका छन् । अध्यक्ष विष्टले ‘कसैलाई समस्या प¥यो भने मलाई फोन गर्नु होला’ भनेर फेसबुकमै आफ्नो फोन नम्बर राखेका छन् । समस्यामा परेकाले फोन गर्नेवित्तिकै विष्टले आफ्नै गाडीमा राखेर खानेकुरा र आवश्यक सामग्री घरमै पु¥याउँदै आएका छन् ।

    कलाकार समेत रहेका विष्टले समस्यामा परेकालाई खाद्यान्नसहितको राहत वितरण गर्ने क्रममा विभिन्न बाधा र अड्न पनि भएका थिए । ती समस्याको बेवास्ता गर्दै विष्टले समस्यामा परेकालाई सहयोग गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १ २०७७०९:११:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend