बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

पूर्व सहमहामन्त्रीसहितको टोलि कांग्रेसमा प्रवेश, गौतमले गरे स्वागत !

पूर्व सहमहामन्त्रीसहितको टोलि कांग्रेसमा प्रवेश, गौतमले गरे स्वागत !

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 29.9K
    SHARES

  • पूर्व सहमहामन्त्रीसहितको टोलि कांग्रेसमा  प्रवेश, गौतमले गरे स्वागत !

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व सहमहामन्त्रीसहित करिब एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    समुन्नत नेपालको परिकल्पनालाई साकार पार्न कांग्रेस बाहेकका दलबा सम्भव नदेखेपछि उनीहरुले कांग्रेसमा आएको बताएका छन्।

    राप्रपा विद्यार्थी संठनका पूर्व सहमहामन्त्री सुजन गौतम, राजन अधिकारी, रामहरि अधिकारी, राजेन्द्र अधिकारी, लक्ष्मण अधिकारी, प्रकाश गौतम, किशोर पोखरेल, प्रकाश गौतम कांग्रेसमा प्रवेश गरेका हुन्।

    उनीहरु सबैलाई नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्य, नेपाली कांग्रेस काभ्रे, काठमाडौं सम्पर्क समितिका अध्यक्ष विक्रमराज गौतमलगायतले टिका तथा खादा लगाएर कांग्रेसमा स्वागत गरेका हुन्।

    पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लोकतान्त्रिक मूल्य र मान्यतालाई भुलेर भ्रष्टाचारमा लिप्त भएको, जनभावनाको कदर नगरेको भन्दै नेकपाकै कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend