बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सोलुखुम्बु नेकपामा पहिरो : नेकपाका करिब १०० जना कांग्रेस प्रवेश

सोलुखुम्बु नेकपामा पहिरो : नेकपाका करिब १०० जना कांग्रेस प्रवेश

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 9.2K
    SHARES

  • सोलुखुम्बु नेकपामा पहिरो : नेकपाका करिब १०० जना कांग्रेस प्रवेश

     काठमाडौं - नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जनभावना विपरित काम गरेको भन्दै नेकपाका कार्यकर्ताले नै नेकपा छोडेर कांग्रेस प्रवेश गरेका छन्। नेकपाले नारामा मात्रै लोकतन्त्र र गणतन्त्रको कुरा गरेको तर व्यवहारमा लागू गर्न नेपाली कांग्रेस नै सक्षम रहेको भन्दै तत्कालीन एमाले तथा हालका नेकपाका करिब १०० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

    स्थानीय कांग्रेस नेता मनबहादुर थापा मगरका अनुसार सोलुदूधकुण्ड नगरपालिका–८ केरुङको मेराङ्दीका रुफ फर लाइफका निर्देशक कुसाङ् तामाङ, संघीय समाजवादीका भक्तबहादुर गुरुङ सहित ७७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्। नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले सदस्यता दिएर उनीहरुलाई काँग्रेसमा प्रवेश गराएका हुन्।

    नवप्रवेशीलाई स्वागत गर्दै मेयर शेर्पाले काँग्रेसप्रति विश्वास गरी नयाँ सदस्य थपिने क्रमले संगठन थप मजबुत हुने विश्वास व्यक्त गरे। कांग्रेसका नेता कुलध्वज मगरको सभापतित्वमा भएको कार्यक्रममा नवप्रवेशीहरुले आफूहरुको त्यागले दलहरु जनभावना विपरित काम गर्न लागेको र खबरदारी गर्न कांग्रेसमा आएको उनीहरुको भनाई छ।

    कार्यक्रममा नगर प्रवक्ता शारदामाया तामाङ, कार्यपालिका सदस्यहरु गान्धीमाया तामाङ, सरिता राई, महिला नेतृ टंकीमाया बस्नेत, विनिता मगरलगायत स्थानीय काँग्रेस नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । पछिल्लो समय नेकपाप्रति वितृष्णा पैदा भएर स्थानीय तहमा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend