डडेल्धुरा- डडेल्धुरा जिल्लामा सरकारी सवारी साधनहरु अवैध र व्याक्तिगत काममा प्रयोग भइरहेका कुरा नेपाल विदार्थी संघ डडेलधुराले सार्वजनिक गरेको छ ।
सरकारी गाडीको चरम दुरुपयोग भईरहेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले तत्काल दुरुपयोग रोक्न मागगर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई ज्ञापन पत्र बुझाएको हो ।
शुक्रबार नेपाल विद्यार्थी संघ डडेल्धुराले चारदिन भित्रै यसप्रकारका गतिविधी रोक्न अल्टिमेटमसहित प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएको हो ।
डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघ डडेल्धुराका नेता जगत ऐरलगायत जिल्लास्तरीय विद्यार्थी नेताहरुको एक समुहले चारदिनभित्रै सरकारी सवारी सधानहरुको दुरुपयोग रोक्न स्थानीय प्रशासन समक्ष माग गरेको छ ।
चारदिन भित्र स्थानीय प्रशासनले आवश्यक कारवाही प्रकृया अघि बढाएर सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न नसकेमा नेपाल विद्यार्थी संघले दुरुपयोग गरिएका सरकारी सवारी साधनहरु कब्जामा लिएर प्रमाणसहित कारवाहीका लागि स्थानीय प्रशासन समक्ष पेश गरिने नेपाल विद्यार्थी संघ डडेल्धुराले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले नेपाल विद्यार्थी संघ डडेल्धुराले आम नागरिकको जनजीवनसँग प्रतक्ष्य सरोकार राख्ने जलन्त मुद्दा र सवालहरु उठाएर डडेल्धुरामा हालसम्म गरिरहेका कृयाकलापहरु प्रसंसनीय रहेको बताए । सरकारी सवारी साधनहरुको दुरुपयोग भईरहेको सन्दर्भमा आफुलाई पनि पटक पटक गुनासो आउने गरेको बताउदै प्रजिअ बास्तोलाले कार्यालय प्रमुखहरुको नियमित मासिक बैठकमा सो बिषयमा छलफल गरेर कडाईका साथ दुरुपयोग रोक्न पहल गरिने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।