आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्वकप छनोटमा अर्जेन्टीनाको लगातार जित

विश्वकप छनोटमा अर्जेन्टीनाको लगातार जित

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 6.8K
    SHARES

  • विश्वकप छनोटमा अर्जेन्टीनाको लगातार जित

     एजेन्सी - सन् २०२२ मा हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि २–१ को जित निकालेको हो।

    बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले समान एक–एक गोल गरे। बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे। खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो। खेलको २४औं मिनेटमा मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए।

    ४५ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए। ७९औं मिनेटमा मार्टिनेजकै पासमा कोरेर्राले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। यसअघि उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:३८:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend