काठमाडौं– विगत ६ महिनादेखि बन्द रहेको फुटसल भोलि (बुधबार) देखि देशभर नियमित सञ्चालन हुने भएका छन् । नेपाल फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारीको त्रासका कारण देशभर ठप्प रहेका फुटसल कोर्टहरु बुधबारदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।
कोरोनाका कारण निजी क्षेत्रबाट लगानी गरी नागरिकको मानसिक, शारीरिक, स्वास्थ्य र मनोरन्जन कायम गराउने अभिप्रायले अरबौ खर्च गरी सञ्चालनमा रहेका देशभरिका फुटसल सञ्चालनमा नहुदा व्यवसायीहरु चरम आर्थिक मारमा परेको संघले जनाएको छ ।
नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यलयमार्फत सावधानी अपनाई फुटसल खोल्नको अनुमतिको लागि ज्ञापनपत्र बुझाएको थियो ।
त्यसमा सरकार उदासिन रहेका कारण बाध्य भएर फुटसल बुधबारदेखि सञ्चालनमा ल्याउने संघले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।