काठमाडौं- लिओनल मेसीले बार्सिलोनामा आवद्ध भएको २० वर्ष पुगेको छ । १७ सेप्टेम्बर २००० मा बार्सिलोना आइपुगेका मेसी त्यतिबेला मेसी क्लबको जुनियर टिममा भर्ना भएका थिए ।
मेसीले सन् २००४ मा १७ वर्षको उमेरमा फ्रान्स रिजकार्डको अन्डरमा डेब्यु गरेपछि सन् २००७ मा उनले म्याराडोना शैलीमा गोल गरेसँगै मेसी सफलहुँदै गएका थिए । हाल विश्वकै उत्कृष्ट फुटबल खेलाडी बनेका मेसीले यो २० वर्षमा बार्सिलोनाबाट सबैजसो उपाधि टिम र व्यक्तिगत रुपमा जितेका छन् ।
हालै बार्सिलोनासँग मेसीको सम्बन्ध चिसियो र मेसी क्लब छाड्ने मनस्थितिमै पुगिसकेका थिए । तर अन्तिम समयमा मेसीले क्लबमै बस्ने निर्णय गर्दै आफ्ना समर्थकलाई खुशी बनाएका छन् । मेसीको सम्झौता २०२१ सम्म रहेको छ ।
बार्सिलोनाका लागि मेसीले ला लिगामा ४४४, च्याम्पियन्स लिगमा ११५, कोपा डेल रेमा ५३, स्पानिस सुपर कपमा १४, क्लब विश्व कपमा ५ र युरोपियन सुपर कपमा ३ गोल गरेका छन् । मेसी ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।