काठमाडौं- केहि दिन अघि खाद्य अनुगमन टोलीले नक्कली लेबल टास्ने कम्पनीहरु फेला पारेको थियो । कलंकी र बिशालबजारमा नक्कली लेबल टाँस्ने दुई कम्पनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसबीच आजमात्र काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले गोंगबु मित्रनगरमा नक्कली मह बनाएर बेच्ने गरेका दुई जनालाई यिन्त्रणमा ल्याएको छ ।
महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वमा होटलमा छापा मार्दा रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान फेला परेको हो।
होटलमा बसेर नक्कली मह बनाउँदै गरेको पाइएपछि अहिले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी गरी २ जना व्यापारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।
महको चाका बनाउान मैदाको प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ । होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर अहिले ताला लगाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।